टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई महानगरको निर्देशन

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई टाइ अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ।

बिहीबार महानगरले सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै कुनै पनि विद्यार्थीलाई टाइ अनिवार्य नगर्न निर्देशन दिएको महानगर शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।

frontline

उनका अनुसार महानगरको शिक्षा समितिले चैत २८ गते टाइ अनिवार्य नगर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार विद्यालयहरूलाई बिहीबार परिपत्र गरिएको हो।

महानगर शिक्षा विभागका शिक्षा अधिकृत मोतिराज खनालका अनुसार टाइ लगाउँदा बालबालिकाहरूलाई असहज महसुस हुने, स्वतन्त्र रूपमा हिँड्डुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि यस्तो निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here