झन्डै १० करोडको जग्गा किर्ते बिक्री गरेको अभियोगमा काठमाडौँ-१३ का वडाध्यक्षविरुद्ध मुद्दा
काठमाडौँ महानगरपालिका-१३ का वडाध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते अभियोगमा मुद्दा दर्ता गरिएको छ।
काठमाडौँको ताहाचलस्थित एक रोपनी जग्गा धनीलाई थाहै नदिई बिक्री गरेको भन्दै सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत वडाध्यक्ष मानन्धरसहित १६ जनाविरुद्ध मुद्दा हालेको हो।
अमेरिका बस्ने सुमित अडुकियाको जग्गा किर्ते कागजपत्रका आधारमा दीपककुमार अग्रवाललाई ९ करोड ८० लाखमा बिक्री गरिएको पाइएपछि वडाध्यक्ष मानन्धरसमेत पक्राउ परेका थिए।
उक्त किर्तेमा उनले वडा र मालपोत कार्यालयलाई सघाएको अभियोगपत्रमा दाबी गरिएको छ।
हाजिरी जमानीमा छाडिएका वडाध्यक्ष मानन्धरविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको हो।






प्रतिक्रिया दिनुहोस्