जापानका पूर्वप्रधानमन्त्री फुकुडाको ९० वर्षको उमेरमा निधन

काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुडाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले उनको निधन भएको जानकारी दिएको छ।

स्रोतका अनुसार, फुकुडाको गत बिहीबार मुटुको  हार्ट फेलियरका कारण टोकियोमा निधन भएको हो। उनको अन्त्येष्टि परिवारका निकट सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ भने सार्वजनिक श्रद्धाञ्जली सभा पछि आयोजना गरिनेछ।

frontline

फुकुडा सेप्टेम्बर २००७ मा प्रधानमन्त्री बनेका थिए। आफ्नो सौम्य कुटनीतिक अडानका लागि परिचित फुकुडाले आफ्ना पूर्ववर्ती शिन्जो आबेको कामलाई निरन्तरता दिएका थिए। प्रधानमन्त्री बन्नुअघि फुकुडाले सन् २००० देखि २००४ सम्म प्रधानमन्त्री योशिरो मोरी र उनका उत्तराधिकारी कोइजुमीको कार्यकालमा साढे तीन वर्ष मुख्य मन्त्रिपरिषद् सचिवका रूपमा काम गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here