जन्मेको एक शताब्दीपछि पनि मिचेल फुकोको चर्चा

१५ अक्टोबर १९२६ मा फ्रान्सको पोइटियर्समा पल–मिचेल नामका एक बालकको जन्म भएको थियो । उनी शल्य चिकित्सक तथा एनाटोमीका प्राध्यापक पल–आन्द्रे फुको तथा आन माल्पेरका जेठा सन्तान थिए । माल्पेर आफैँ शल्य चिकित्सककी छोरी थिइन् । उनीहरूको परिवार फ्रान्सको प्रान्तीय सहरमा बस्ने मध्यम तथा उच्चवर्गीय बुर्जुवा परिवार थियो । चिकित्सक र स्थानीय प्रतिष्ठित व्यक्तिहरूले भरिएको परिवार थियो ।

सहरमा रहेको उनीहरूको घर एउटा पुरानो जेल र निजी निवासको बिचमा थियो । पछि उक्त जेल हुलाक कार्यालयमा रुपान्तरण गरियो । त्यो घर त्यतिबेला अर्को कारणले पनि चर्चित थियो । त्यहाँ ‘पोइटियर्सकी बन्दी महिला’ भनेर चिनिने एक महिलालाई परिवारले २५ वर्षभन्दा लामो समयसम्म थुनेर राखेको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here