जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने

१३ पुस, काठमाडौं । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने घोषणा गरेको छ ।

सिरहाको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत चक्काजाम गर्ने निर्णय गरिएको जनमत पार्टी धनुषाले जनाएको छ ।
 
पार्टीले मंगलबार साँझ जिल्लाका विभिन्न स्थानमा मसाल जुलुस निकाल्ने र बुधबार जिल्लाभर चक्काजाम गर्ने सो पार्टीका धनुषास्थित आन्दोलन समितिका दीपनारायण यादवले बताए । 

frontline

सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बीऊ किसानले लुटपाट गर्दा प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टी आन्दोलित बनेको छ ।

सोही क्रममा भएको झडपमा अहिले सिरहामा निषेधाज्ञा लगाइएको छ भने जनमत पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ । 

जनमत पार्टीका अध्यक्ष डा. सिके ​राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टाभित्र रिहा नगरिए सिरहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने धम्कीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here