जनकपुरबाट काठमाडौं आउँदै गरेको बसबाट लागुऔषध बरामद, पाँचजना पक्राउ

काठमाडौं : सार्वजनिक बसमा सवार यात्रुबाट ३२.७३० ग्राम खैरो हेरोइन बरामद भएको छ। लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले तीनजना भारतीय र दुईजना नेपालीसहित पाँचजनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहारस्थित समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश,२५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार छन्। त्यस्तै,धादिङको गल्छी गाउँपालिका–६ की २३ वर्षीया कृष्टी खड्की र २५ वर्षीय रामकृष्ण खड्की पनि पक्राउ परेका छन्।

frontline

प्रहरीका अनुसार शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरुङमार्गमा जनकपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट ट्रामाडोलका १ हजार ११० क्याप्सुल,मोबाइल थान ८ र ७५ हजार २२० रुपैयाँ नगद समेत बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here