चिनियाँ आपूर्ति शृङ्खलामाथिको निर्भरता घटाउन युरोपेली नेताहरू तयारीमा जुटे

युरोपेली कमिसनका नेताहरू आगामी शुक्रबार हुने एक महत्त्वपूर्ण बहसका क्रममा चीनप्रति ईयू को आर्थिक दृष्टिकोणलाई थप कडा बनाउने तयारीमा जुटेका छन् । जसले यसै वर्षको उत्तरार्धमा व्यापारिक तथा औद्योगिक उपायहरूको नयाँ लहरका लागि बाटो खोल्नेछ।व्यापार आयुक्त मारोस सेफ्कोभिचले नयाँ ‘विविधीकरण संयन्त्र’ (डाइभर्सिफिकेसन इन्स्ट्रुमेन्ट) पेश गर्ने तयारी गरेका छन् । जसले चिनियाँ आपूर्ति शृङ्खला माथिको अत्यधिक निर्भरताको त्रासका बीच केही महत्त्वपूर्ण क्षेत्रका कम्पनीहरूलाई दुई वा सोभन्दा बढी देशहरूमा तीन वा सोभन्दा बढी आपूर्तिकर्ताहरू भएको सुनिश्चित गर्न आग्रह गर्नेछ।

यसैबीच, औद्योगिक मामिला प्रमुख स्टेफेन सेजुर्नीले वैदेशिक अनुदान नियन्त्रण नियमावली (फरेन सब्सिडीज रेगुलेसन – एफएसआर) को व्यापक प्रयोगको वकालत गर्ने तयारी गरेका छन्। यो संयन्त्र हालसम्म व्यक्तिगत कम्पनीहरूविरुद्ध व्यापक रूपमा प्रयोग गरिँदै आएको छ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here