चाडपर्व सुरक्षा : ५० हजारभन्दा बढी प्रहरी परिचालन

ठमाडौं । चाडपर्वका बेला कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैँमा सीमित नराखी तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । 

The current image has no alternative text. The file name is: nepal-police.jpg

‘इफ यु सी समथिङ, से समथिङ’ अर्थात ‘केही शङ्कास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको हो । चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले चाडपर्वका समयमा सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना अत्यन्त महत्त्वपूर्ण हुने बताए । यसलाई व्यवहारिक रूपमा लागू गर्न इफ यु सी समथिङ, से समथिङ’ भन्ने विषयलाई केन्द्रमा राखेर चाडपर्व लक्षित सुरक्षा व्यवस्था लागू गर्ने बताए ।  

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here