घाटामा जनकपुरको रेल, कार्गो सेवा सुरु गर्ने प्रस्ताव अलपत्र

काठमाडौं २२ साउन: प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा रेलका मुद्दामा पनि केन्द्रित भएर बोलिरहेका छन् । १५ साउनमा मन्त्री र सचिवहरुलाई निर्देशन दिंदै उनले भंगाह (बिजलपुरा) बाट जनकपुर हुँदै जयनगर पुग्ने रेलमार्गका २ वटा रेलहरु थप्पुपर्ने बताएका थिए । आइतबार सडक विभागले गरेको कार्यक्रममा पनि उनले त्यही कुरा दोहोर्‍याए ।

भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित कर्मचारी/इञ्जिनियरलाई ओलीले भनेका छन्, ‘अब हामी रेल यातायातमा जानुुपर्छ । यात्रु चाप धेरै भएकाले जनकपुुरको रेलमार्गमा दुई वटा रेल थप्नुुपर्छ र रेलमार्गलाई बर्दिबाससम्म ल्याउनुुपर्छ ।’
विगतमा ओली प्रधानमन्त्री भएकै बेला भारत सरकारले रेलमार्ग पुनर्निर्माण गरेर हस्तान्तरण गरेपछि भारतबाट रेल किनेर ल्याइएको थियो । विगतमा बेजोडसँग रेलको सपना देखाएकाले प्रधानमन्त्री ओलीले जनकपुरको रेल र रेलमार्गका मुद्दालाई आफ्नो प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।

frontline

प्रधानमन्त्री बनेपछि ओलीले तुरुन्तै जनकपुरमा चल्ने रेल (गाडी) थप्ने कुरा गरिरहँदा त्यहाँको रेल र सञ्चालक नेपाल रेल्वे कम्पनीको आफ्नै व्यथा छन् । यो रेल अहिले घाटामा चलिरहेको छ भने यसको सञ्चालन भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसन लिमिटेड (केआरसीएल) मा धेरै निर्भर छ ।

प्रधानमन्त्रीले भनेजस्तै रेलमार्गमा यात्रु अभाव हैन, यात्रुको संख्या रेलको क्षमताभन्दा बढी छ । तर पनि यात्रुबाट उठाउने भाडाले यसको सञ्चालन खर्च धान्न नसकेर सञ्चालक नेपाल रेल्वे कम्पनी ऋणमा चलिरहेको छ ।

रेलमार्ग ब्रोडगेजबाट विस्तार गरेपछि १९ चैत २०७८देखि सञ्चालनमा आएका दुई वटा रेलहरु अहिले घाटामा चलिरहेका छन् । सरकारले १ अर्ब ३ करोड रुपैयाँमा खरिद गरेर असोज २०७७मा ल्याएका डिजेल रेलहरु डेढ वर्षपछि मात्रै नियमित सेवा दिने गरी चल्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here