घरबाट हराएकी सुफिया शाहको शव भेटियो

७ पुस, रुकुम पूर्व । पुस १ गते घरबाट हराएकी भनिएकी सुफिया शाहको शव भेटिएको छ ।

सिस्ने गाउँपालिका–५, की २९ वर्षीया शाहको शव सोही वडाको कारागाउँ नजिकको थोतेगैरामा भेटिएको हो ।

frontline

बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुस १ गते घरबाट हराएपनि प्रहरीलाई भने पुस ४ गते मात्रै थाहा भएको थियो ।

घरबाट हराएपछि सुरुमा परिवारले खोजी गरेको र पत्ता नलागेपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

शाहको शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार शाह मानसिक रोगले ग्रस्त रहेको पनि जानकारीमा आएको छ ।

हिँड्ने क्रममा लडेको हुन सक्ने पनि अनुमान गरिएको भन्दै प्रहरीले थप विवरण अनुसन्धानबाट खुल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here