गौर नगरपालिकामा मधेश प्रदेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरणमा
मेवालाल यादव
चैत २५, रौतहट
रौतहटको गौर नगरपालिकामा मधेश प्रदेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।गौर नगरपालिकाको वडा नं २ महादेवपट्टीमा लालबकैया नदीमा बनेको झोलुङ्गे पुल समथर मधेशमा सबै भन्दा दोश्रो लामो झोलुङ्गे पुलको रूपमा रहेको स्थानीयहरुले जिकिर गर्नु भयो ।
गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने यो पुलको निर्माणले इशनाथ नगरपालिका तर्फका बन्जाराह ,औरैयाका नागरिकलाई सदरमुकाम सम्मको पहुचलाई नजिक बनाईदिने उद्देश्यले पुलको लम्बाई २ सय ६३ मिटर रहेको छ । उक्त पुल निर्माणका लागि विसं २०७९ चैत २०गतेमा रु ४ करोड ६३ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
यो झोलुङ्गे पुलको ०७९ फाल्गुन २८ गते नगरप्रमुख साहले शिलान्यास गरेका थिए ।इलम हेल्भेटासको आर्थिक सहयोगमा निर्माण भइरहेको झोलुङ्गे पुल बैशाख ७ गते नेपालका पूर्व प्रधानमंत्री माधव कुमार नेपाल र गौर नगरपालिकाका प्रमुख शम्भु साहद्वारा पुल उद्धाटन गर्ने तयारी भइरहेको नगर प्रमुख शम्भु साहले बताए ।
पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा पुग्ने साथै गौर नगरपालिका र इशनाथ नगरपालिकामा उत्पादन हुने तरकारी ,दूध बजारीकरण गर्न , किसानको कृषि उपजले सलुभ रुपमा सदरमुकामको बजार सम्म आफनो पहुच बनाउन र पैदलमार्ग हुँदै गौर बजारमा आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।
किसानलाई ढुवानीको लागत कम हुदा बचत बढी हुन सक्छ । त्यस्तै पुल पर्यटककालागि पनि गन्तब्यको केन्द्र बन्न सक्छ । पर्यटकहरुको गन्तब्य केन्द्र बनाउन सक्दा स्थानीय उत्पादनले त्यही बजार पाउने रोजगारीमा समेत बृद्धि हुने अपेक्षा राखिएको स्थानीयले बताए ।
प्रतिक्रिया दिनुहोस्