गुल्मीमा लगातकारको वर्षाले २ वटा घरमा क्षति

श्रोत:ईन्टरनेट

गुल्मी : गुल्मीमा सोमबारदेखि परेको लगातकारको वर्षाले २ वटा घरमा क्षति भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्वर ५ मा राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षकि श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

frontline

परिवारका अन्य सदस्यहरु सकुशल रहेका छन् ।

घर भत्किएपछि उनिहरुको प्रहरीले उद्धार गरेको हो ।

घाइतेको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै वर्षासँगै गएको पहिरोले सोही गाउँपालिकाको वडानम्वर -१ मा छत्र बाहदुर पछाईको घर पहिरोले भत्किएको छ ।

घर माथी बाट पहिरो सहित खसेको ठुलो ढुंगाले क्षती पुगेको प्रहरीले जनाएको छ ।

घरमा रहेका सबैलाई सुरक्षीत स्थानमा सारिएको छ ।

लागतारको वर्षाका कारण जिल्लाका विभिन्न आधा दर्जन बढि सडक अबरुद्ध भएका छन्

प्रतिक्रिया दिनुहोस्

poster-here