गगनलाई सर्वसम्मत सभापति हुन नदिन चाक्सीबारीमा बुनिएको त्यो योजना

सिंह र सिटौलाको इसारामा उम्मेदवार बने खड्गी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा गगन थापा सर्वसम्मत रूपमा सभापतिमा दोहोरिन चाहन्थे। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सर्वसम्मत भएका थापा नियमित महाधिवेशनमा पनि सोही परिस्थिति निर्माण हुनेमा विश्वस्त देखिन्थे। किनभने असोज १८ गतेबाट खुल्लामञ्चमा जारी महाधिवेशनमा सहभागी प्रभावशाली नेताहरूले थापाविरुद्ध उम्मेदवारी नदिने मनस्थिति बनाएका थिए।

पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले आफ्नो व्यवस्थापन नभए सभापतिमा उम्मेदवारी दिने सन्देश थापालाई पुर्‍याइदिन भनेका थिए। कांग्रेसका एक निवर्तमान पदाधिकारीका अनुसार राठौरले भदौ अन्तिम सातातिर सो सन्देश थापाकहाँ पठाएका थिए। तर, सभापति थापाले राठौरको सन्देशलाई बेवास्ता गरिदिए। 

frontline

त्यसपछि राठौरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। राठौरले आफ्नो पूर्वयोजना अनुसार नै उम्मेदवारी दर्ता गरेर सभापति थापासँग संवादपछि फिर्ता लिए। सभापति थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको राठौरको भनाइ छ। 

राठौरको उम्मेदवारी अन्तिमसम्ममा फिर्ता हुने बुझेरै महाधिवेशनको मैदानबाहिर थापाविरुद्ध उम्मेदवारीको अर्को योजना बुनिँदै थियो।

चुनदेवीबाट आगामी मंसिर २१–२३ मा समानान्तर महाधिवेशन अगाडि बढाएका नेताहरूले थापालाई सर्वसम्मत हुन रोक्ने योजना बनाएको खुलासा भएको छ। निकट विगतमा कांग्रेस राजनीतिको एउटा शक्तिकेन्द्र मानिने प्रकाशमान सिंह निवास चाक्सीबारीमा बुनिएको योजना मुताबिक थापाविरुद्ध श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको हो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here