कोशी प्रदेश राष्ट्रिय टि-२० को उपाधि आर्मीलाई

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ।

प्रतियोगिता अन्तर्गत शनिबार बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई हराउँदै उपाधि जितेको हो।

frontline

जारी सिजनमा भएका प्रतियोगितामा आर्मी तेस्रो पटक फाइनलमा पुग्दै पहिलो उपाधि जित्न सफल भएको हो। यसअघि भएको पिएम कप र केपी ओली कपको फाइनलमा पराजय भोग्नु परेको थियो।

आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिलो ब्याटिङ थालेको कर्णालीले २० ओभरमा अलआउट हुँदै १ सय १० रन बनायो।

विपिन रावलले २४ बलमा २ छक्का र १ चौका प्रहार गरी २७ रन, क्याप्टेन रविन्द्र शाही र मनिष थापाले २१–२१ रन तथा दिनेश अधिकारीले १२ रन बनाए। आर्मीका लागि त्रितराज दास, बसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २–२ विकेट लिए।

आर्मीले पाएको १ सय ११ रनको लक्ष्य १२ ओभर २ बल खेल्दै १ विकेटको क्षतिमा पार गरेको थियो। त्रितराज दासले ३३ बलमा २ छक्का ५ चौका प्रहार गरी अविजित रहँदै ५० रन, ईमरान शेखले ३० बलमा २ छक्का र ३ चौका प्रहार गरी अविजित रहँदै ३८ रन, सन्तोष कार्की ११ बलमा ३ छक्का प्रहार गर्दै २१ रनको योगदान गरे। कर्णालीका लागि दिनेश अधिकारीले एक विकेट लिए।

प्रतियोगिताको प्लेयर अफ दि सिरिज र प्लेयर अफ द फाइनलको पुरस्कार आर्मीका त्रितराज दासले पाए।

मोरङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको विजेता हुँदै आर्मीले नगद ५ लाखसहित ट्रफी र उपविजेता कर्णालीले नगद ३ लाख प्राप्त गरे। विजेता खेलाडी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here