कैलाली भन्सार प्रमुखमाथि हातपात गर्ने नगर प्रहरीविरूद्ध प्रहरीमा उजुरी

News Summary

Generated by OK AI. Editorially reviewed.

  • कैलाली भन्सार प्रमुखमाथि कुटपिट भएको भन्दै घटनामा संलग्नमाथि कारबाहीको माग राखेर उजुरी परेको छ।
  • उजुरीमा संलग्न नगर प्रहरीहरूको पहिचान गर्न र कारबाही गर्न माग गरिएको छ।
  • सीसीटीभी फुटेजमा कुटपिटको देखिएको भएता पनि नगर प्रहरी निरीक्षकले भने कुटपिट नगरेको दाबी गरेका छन्।

११ जेठ, धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

frontline

भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिबार राति कुटपिट गर्ने नगर प्रहरीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सीसीटीभी फुटेजसहित कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै लिखित उजुरी प्राप्त भएको पुष्टि गरे ।

उनकाअनुसार उजुरीमा कसैको पनि नाम उल्लेख छैन । फुटेजमा देखिएका व्यक्तिको पहिचान गरेर कारबाही गरिदिन भनिएको छ ।

शनिबार राति १० बजेतिर धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका नगर प्रहरीले भन्सार अधिकृतमाथि लछारपछार गर्दै कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

तर, नगर प्रहरी निरीक्षक धामीले भने कुटपिट नगरेको दाबी गर्दै आएका छन् ।

कैलाली भन्सार प्रमुख

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here