कुराकाउसँग बराबरीमा रोकियो इक्वेडर
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘ई’को खेलमा इक्वेडर र कुराकाउले गोलरहित बराबरी खेलेर एक-एक अंक बाँडेका छन्।
कानसास सिटी स्टेडियममा दुवै टिमले आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न सकेनन्।
दुवै टिमका लागि नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न यो खेलमा जित निकाल्नु पर्ने थियो। बराबरीको नतिजालो दुवै टिमलाई घाटा भएको छ।
अब अन्तिम खेलमा इक्वेडरले जर्मनी र कुराकाउले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।
अर्को चरणमा पुग्ने आशा जीवित राख्न दुवै टोलीलाई अन्तिम खेल जित्दैपर्ने बाध्यता सिर्जना भएको छ।
कुराकाउ पहिलोपटक विश्वकपमा सहभागी भएको हो। पहिलोपटक सहभागी भए पनि उसको खेल उत्कृष्ठ रह्यो।
कुराकाउका गोलरक्षक एलोय रुमले आजको खेलमा उत्कृष्ठ १५ वटा बचाउ गरेका छन्। \
समूह ‘ई’बाट जर्मनी यसअघि नै नकआउट चरण पुगिसकेको छ। जर्मनीको दुई खेलबाट छ अंक छ।






प्रतिक्रिया दिनुहोस्