कुपन्डोलमा कार र बस ठोक्किँदा एक जना घाइते

ललितपुरको कुपन्डोलमा कार र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • ललितपुर कुपन्डोलमा कार र बस ठोक्किएर महिला घाइते भएकी छिन्।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र घाइते महिलालाई अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ।

२६ जेठ, काठमाडौं । ललितपुरको कुपन्डोलमा कार र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा कार चालक महिला घाइते भएकी छिन् । घटना आइतबार बिहान ७ बजेको रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार थापाथलीबाट पुल्चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ३९६५ नम्बरको कार र पुल्चोकबाट थापाथलीतर्फ जाँदै गरेको बा ४ ख ५६४६ नम्बरको बस कुपन्डोलामा एक आपसमा ठोक्किएका थिए ।

जसबाट कार चालक महिला ललितपुर घर भएकी ६० वर्षीया रचना बाँस्कोटा घाइते भएको एसपी जोशीले बताए । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । बस साझा यातायातको रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here