कार्तिक २२ गते शनिबार गोकर्णेश्वरको माकलबारीमा आकस्मिक रक्तदान हुने
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर तथा माकलबारी टोल सुधार समितिले बिभिन्न संघ संस्था संगको सहकार्यमा कार्तिक २२ गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
शनिबार बिहान ८ बजे बाट माकलबारी स्थित सानोपुलमा सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरले आयोजना हुने उक्त रक्तदान कार्यक्रममा सहयोगी संस्थाको रुपमा दुर्गम सेवा समाज गुम्बा , माकलबारी सिद्धार्थ टोल उपभोक्ता समिती,प्रगती महिला समुह माकलबारी प्रहरी बिट, सिद्धार्थ महिला समुह लगाएतका समूहरु रहेका छन् ।
आयोजकले सम्पूर्ण स्वास्थ व्यक्तिलाई कार्यक्रममा उपस्थिति भई रक्तदान गर्नको लागि अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्