कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई
समाचार सारांश
- डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन्।
- भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताए।
- भट्टराईले लामिछानेमाथिको अभियोग पुष्टि नभएको र उनी भाग्ने सम्भावना नभएको बताए।
बुटवल । नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् ।
भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।
उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए । लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको पनि उनले बताए । नेसपा लुम्बिनी प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रममा भैरहवा आएका डा. भट्टराईले कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाटमा गर्नुभएको नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य पङ्कज राईले रातोपाटीलाई बताए ।






प्रतिक्रिया दिनुहोस्