काठमाडौं महानगरभित्र अब खुला रूपमा आगो बाल्न नपाइने

२५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अब खुला रूपमा आगो बाल्न नपाइने भएको छ। महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै खुला रूपमा आगो बाल्न निषेध गरेको हो।

काठमाडौं महानगरपालिका क्षेत्रमा खुला रूपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यहरूले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने भएकाले प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ। 

frontline

यस्ता कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here