‘काठमाडौं फिल्म फेस्टिभल’ शुक्रबारबाट, शबाना आजमीदेखि मार्को मुलरसम्म आउँदै
काठमाडौं । ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ ।
फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै महानगरपालिकाले महोत्सवको उद्देश्य, कार्यक्रम र तयारीबारे जानकारी दिएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवलाई एक पटकको कार्यक्रमका रूपमा मात्र नलिई निरन्तरता दिने योजना रहेको बताइन् ।
फेस्टिभलमार्फत काठमाडौंको सम्पदा र संस्कृतिको अभिलेखीकरण गर्ने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लक्ष्य राखेको महानगरपालिकाले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्