कांग्रेसलाई प्रश्न: कांग्रेस र रास्वपाबिच वास्तवमा वैचारिक दूरी छ वा छैन ?

नेपाली राजनीतिमा अहिले एउटा असहज तर आवश्यक प्रश्न उठाउनुपर्ने बेला आएको छ– नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबिच वास्तवमा कति वैचारिक दूरी छ ?

दुवै पार्टीको इतिहास, संगठन, नेतृत्वशैली र राजनीतिक अनुभव फरक छ। कांग्रेस लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको पुरानो राजनीतिक शक्ति हो भने रास्वपा नयाँ पुस्ताको असन्तुष्टि, सुशासनको माग र परम्परागत राजनीतिक दलप्रतिको वितृष्णाबाट उदाएको शक्ति हो। तर, लोकतन्त्र, नागरिक स्वतन्त्रता, सामाजिक न्याय, समान अवसर, राज्यको कल्याणकारी भूमिका र आर्थिक विकासका कतिपय आधारभूत प्रश्नमा दुबैबिच देखिने समानतालाई बेवास्ता गर्न मिल्दैन।

frontline

यसैकारण कांग्रेसको १५औँ महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने नियमित सांगठनिक प्रक्रिया मात्र होइन। यो कांग्रेसले आफ्नो वैचारिक पहिचान के हो, नयाँ पुस्तासँग उसको सम्बन्ध कस्तो हुने हो र बदलिँदो राजनीतिक प्रतिस्पर्धामा उसले आफूलाई कसरी पुनर्निर्माण गर्ने भन्ने निर्णायक अवसर हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here