कर्णालीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

२३ माघ, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

गत १६ कातिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट पाँचजना मन्त्री नियुक्त गरेका छन् ।

frontline

तीन दलीय गठबन्धन रहेको कर्णालीमा काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही नियुक्त भएका छन् ।

यस्तै, गठबन्धनभित्रको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जामन्त्री र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियूक्त भएका छन् ।

यस्तै, एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् । माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन भने एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् । यो सँगै आठ सदस्यीय प्रदेश मन्त्रीमण्डलले पूर्णता पाएको छ ।

यसअघि चारवटा मन्त्रालयको दाबी गर्दै आएको माओवादीले तीन र तीनवटा मन्त्रालयको दाबी गर्दे आएको एकीकृत समाजवादीले दुईवटा मन्त्रालयमा चित्त बुझाएका छन् । गैरसांसद कार्चेन लामालाई माओवादीले मन्त्री बनाएको भन्दै दलभित्रकै नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here