करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति

प्राधिकरण भन्छ – ठेकेदारको लापरबाहीले घटना घट्यो

काठमाडौँ । काभ्रेपलाञ्चोक वितरण केन्द्रअन्तर्गत धुलिखेलको हाइटेन्सन लाइनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका सर्लाहीका उपेश परियारका परिवारलाई नगद राहत र रोजगारी दिने सहमति भएको छ।

frontline

शनिबार नेपाल विद्युत प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रअन्तर्गत धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको हाइटेन्सन लाइनको पोलमा काम गर्ने क्रममा परियार को करेन्ट लागेर मृत्यु भएको थियो । विद्युत प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रका अमृतबाबु अधिकारीले मृतकका परिवारसँग आईतबार सहमति भएको बताए । 

उनले मृतक परिवार विद्युत प्राधिकरणले ठेक्कामार्फत काममा लगाएकाले पीडित परिवार, नेपाल विद्युत प्राधिकरण, ठेकेदार कम्पनी र स्थानीय प्रशासनबीच सहमति गरिएको बताए ।

उनका अनुसार सहमतिमा पीडित परिवारलाई ठेकेदार कम्पनी सुदीपा निर्माण सेवाले १० लाख र प्राधिकरणबाट न्यूनतम ५ लाख देखि १० लाखसम्म राहत प्रदान गरिने भएको छ । 

प्राधिकरणले मृतक परियारका परिवारका एक सदस्यलाई घर पायक पर्ने स्थानमा रोजगारी दिने गरी सहमति उनको भनाई छ । उक्त सहमति पत्रमा मृतक परियारकी श्रीमती रश्मिला परियार, ठेकेदार कम्पनी सुदीपा निर्माण सेवाका निर्देशक दीपकप्रसाद धिताल र विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका कार्यालय प्रमुख अमृतबाबु अधिकारीबीच हस्तक्षर भएको छ ।

परियारको शनिबार ११ हजार भोल्टको लाइन भएको पोलमा तार जोड्ने क्रममा अकस्मात करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो । प्राधिकरणको लापरवाहीले पूर्वसूचना बिना लाइन जोड्दा दुर्घटना भएको आरोप लागेको छ । 

तर, प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकार भने ठेकदारको लापरवाहीले घटना घटेको बताए ।

उनले घटना भएर परियारको मुत्यु हुनुमा प्राधिकरण पनि जिम्मेवार हुनु पर्ने भए पनि प्राधिकरणले सूचना दिँदा समेत ठेकेदारले सूचनाको वेवास्था गर्दै मजदुरलाई काम गराउनु ठिक नभएको दाबी गरे । उनले उक्त घटना प्राधिकरणको लापरवाहीले नभएको उल्लेख गरे ।

#सहमति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here