कम्पनी रजिष्ट्रारको ‘अनलाइन सिस्टम’ नचल्दा सेवाग्राहीलाई सास्ती

३० असोज, काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीले राम्रोसँग काम नगर्दा कम्पनीको विवरण अद्यावधिक गर्न पुगेका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले दिएको छुट सुविधाको लाभ लिन असोज मसान्तभित्र विवरण बुझाउनुपर्ने समयसीमा नजिकिँदै गर्दा प्रणालीमा समस्या देखिएपछि सेवाग्राहीसमस्यामा परेका हुन् ।

frontline

सेवाग्राहीका अनुसार करिब चार–पाँच दिनदेखि कार्यालयको अनलाइन प्रणाली सुस्त चल्ने, कागजात अपलोड नहुने र पटकपटक ‘सर्भिस अनअभाइलेबल’ देखाउने समस्या छ । युजर आईडी र पासवर्ड प्रयोग गरी प्रणालीमा लगइन गर्न सकिए पनि आवश्यक कागजात अपलोड गर्न कठिनाइ भइरहेको उनीहरूको गुनासो छ ।

‘युजर आईडी लगइन हुन्छ । तर त्यसभित्र डकुमेन्ट अपलोड गर्दा अपलोड हुँदैन । साइट एकदम स्लो छ । बेलाबेलामा सर्भिस अनअभाइलेबल पनि भन्छ,’ एक सेवाग्राहीले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here