ओलीको एकलौटी निर्णय खारेजीको माग गर्दै खनाल–नेपाल समूहले निर्वाचन आयोगमा पत्र बुझायो

फ्रन्टलाइन राजनीति । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २३ गतेपछि एकलौटी रुपमा गरेको निर्णय खारेजीको माग गर्दै नेकपा एमालेको खनाल–नेपाल समूहले निर्वाचन आयोगमा पत्र बुझाएको छ।

अध्यक्ष ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेजयोग्य भएको भन्दै ८ पाने पत्र बुझाएको हो। आयोगमा पत्र बुझाउन आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे पुगेका थिए।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here