ओली सरकार विरुद्ध ५ विद्यार्थी संगठनद्वारा राँके जुलुस सहित प्रर्दशन

श्रोत : ईन्टरनेट

चितवन । चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार विरुद्ध ५ विद्यार्थी संगठनले राँके जुलुससहित विरोधप्रर्दशन गरेका छन् ।

विपक्षी गठबन्धनसंग निकटका ५ विद्यार्थी संगठनहरुले चितवनको नारायणगढमा राँके जुलुससहित विरोध प्रर्दशन गरेका हुन् ।

frontline

प्रधानमन्त्रीले राजिनामा दिएर देशलाई निकास दिनुपर्ने भन्दै विभिन्न नाराबाजी गरेका थिए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ चितवनका सभापति सूर्य ढकालले एकपछि अर्को कुकर्ममा सक्रिय ओली प्रवृतिका कारण देश संकटमा परेकोले आफुहरु कोराना कहरका बाबजुत विरोधसहित कडा संघर्षमा निरन्तर लाग्ने बताए ।

उनले प्रधानमन्त्री ओलीले राजीनामा नदिएसम्म आन्दोलनलाई अझै शसक्त बनाएर लैजाने बताए ।

यस्तै अखिल (क्रान्तिकारी) चितवनका संयोजक अविनाश रम्तेल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष अनुज जोशीले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छोड्ने चेतावनी दिए ।

विद्यार्थीहरुले केहीदिन देखि निरन्तर सरकारविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन् ।

चितवनमा प्रहरीको कडा निगरानीका बाबजुत विद्यार्थीहरु यो सफल रुपमा आफ्नो कार्यक्रम गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्

poster-here