एमालेले स्पष्ट पार्यो वरिष्ठ नेता विद्यादेवी भण्डारीको भूमिका
असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा भण्डारीको जिम्मेवारी स्पष्ट पारेको हो।
उक्त बैठकले एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता चयन गरेको थियो। अपानी अनुसार भण्डारी अध्यक्षपछिको दोस्रो वरीयतामा रहनेछिन्। उनले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने व्यवस्था गरिएको छ। त्यस्तै, भण्डारीले अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही र समयोचित निर्णय गर्न योगदान पुर्याउने जिम्मेवारीसमेत पाएकी छन्।






प्रतिक्रिया दिनुहोस्