एन्फा पदाधिकारीलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अनावश्यक रूपमा आफ्नो पदाधिकारीलाई मलेसिया पठाएको आरोप लाग्दै गर्दा बुधबार युवा तथा खेलकुद मन्त्रालयले विदेश भ्रमणमा गएकालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ । 

मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलका लागि खेलाडीबाहेक १६ जना त्यहाँ गएका छन् । त्यसमध्ये सात जना टिमसँग जोडिएका पदाधिकारी छन् भने बाँकीको कुनै भूमिका छैन । मन्त्रालयले उनीहरू खेलकुद ऐन विपरीत त्यसतर्फ गएको जनाएको छ । मलेसिया पुगिसकेकामा एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री र सीईओ इन्द्रमान तुलाधर छन् । भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनिल लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठ छन् ।

frontline

टिमसँग जोडिएकामा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस, सहायक प्रशिक्षक प्रवेश कटुवाल, गोलरक्षक प्रशिक्षक विनोद डंगोल र मनीष तिम्सिना, टिम व्यवस्थापक उत्तमराज भण्डारी, फिजियो लोकेन्द्र कुँवर र किट म्यानेजर ज्ञानबहादुर राई छन् ।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ ‘झ’ मा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्थामा छ ।’ तर, एन्फाले पदाधिकारीलाई मलेसिया पठाउँदा स्वीकृति नलिएको मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here