एकीकृत समाजवादीको आरोप – ओलीको निर्देशनमा मुद्दा दायर गरियो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ।
  • उपाध्यक्ष राजेन्द्र पाण्डेले मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाए।
  • नेपालको सांसद पद पनि भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेको छ।

२२ जेठ, काठमाडौं । एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ ।

frontline

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाए ।

‘यो पूर्वाग्रहपूर्ण छ । यस बारेमा पहिले नै अख्तियार मुद्दा चलाउन नपर्ने चिठ्ठी दिइसकेको छ । अहिले मुद्दा दायर गर्नु किन पर्‍यो ?,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘अख्तियारले तामेलीमा लगेको केस हो । ओलीजीको निर्देशनमा भएको कुरा हो यो ।’

पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद पनि निलम्बनमा परेको छ ।

एकीकृत समाजवादी |माधव नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here