एक पैसा खाएको छैन, अदालतले न्याय दिनेछ : माधव नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.

  • माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरे।
  • उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको बताए।
  • अख्तियारले नेपालविरुद्ध जग्गा प्रकरणमा मुद्दा दायर गरेको छ।

२४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।

frontline

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छ । मलाई विश्वास छ – न्याय पालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । अन्यायको हार हुनेछ । ‘

उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको बताउँदै त्यस्तो गलत आरोपको डटेर सामना गर्ने बताए । अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस नखाएको बताउँदै उनले डराउनु पर्ने आवश्यक नभएको बताए ।

‘हामी आत्तिनु पर्ने आवश्यकता छैन । चुनौती आइलागेको छ । यसको सामना गर्ने हो । हामी भाग्ने होइन’, उनले अघि भने, ‘असल मनसायका साथ कुनै काम गरिएको छ भने आत्तिनु पर्ने केही आवश्यक हुँदैन ।’

अध्यक्ष नेपालले कुनै निजी स्वार्थ र फाइदाको लागि कामसमेत नगरेको उनको भनाइ छ ।

पतञ्जलिको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

माधव नेपाल

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here