उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन

समाचार सारांश

  • परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेकी छिन्।
  • मन्त्री राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपालीको खोजी र उद्धारका लागि भारत सरकारसँग समन्वय गर्न निर्देशन दिएकी छन्।
  • बाढी पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनमा समवेदना व्यक्त गरिएको छ।

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बाढी पहिरोमा परेर बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेको बताएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार बिहान मन्त्री राणाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागेको समेत बताएकी छन् ।

frontline

ai logo समाचार सारांश

‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु’, मन्त्री राणाको भनाइ छ ।  

उनले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।

527216530_1449955142707551_4287993821163119004_n

#आरजु देउवा #बाढी पहिरो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here