उत्तर कोरियामा चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण

चिनियाँ राष्ट्रपति सि जिनपिङ आगामी सोमबार दुईदिने राजकीय भ्रमणका लागि उत्तर कोरिया जाँदै छन् । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सात वर्षपछि राष्ट्रपति सीको उत्तर कोरियामा दोस्रो राजकीय भ्रमण हुन लागेको बताइन् । 

भ्रमणका क्रममा दुवै देशका शीर्ष नेता तथा पार्टी प्रमुखहरूबीच द्विपक्षीय सम्बन्ध र साझा चासोका विविध विषयमा विस्तृत छलफल हुनेछ । राष्ट्रपति सि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष हुन् भने उत्तर कोरियाली नेता किम जोङ उन त्यहाँको श्रमिक पार्टीका महासचिव पनि हुन् ।

frontline

चीनले राष्ट्रपति सी चिनफिङ र नेता किम जोङ उनको रणनीतिक नेतृत्वमा चीन–उत्तर कोरिया सम्बन्ध निरन्तर सुदृढ र स्थिर रूपमा अघि बढिरहेको बताएको छ । यसबाट दुवै देश र जनताले प्रत्यक्ष लाभ प्राप्त गरिरहेको प्रवक्ताको भनाइ छ । 

यस वर्ष चीन र उत्तर कोरियाबीच भएको मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धिको ६५औँ वार्षिकोत्सवसमेत परेकाले भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। चिनियाँ विदेश मन्त्रालयका अनुसार दुवै देशले यो भ्रमणलाई अवसरका रूपमा उपयोग गर्दै समयानुकूल द्विपक्षीय सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्याउने, जनताको हित प्रवद्र्धन गर्ने तथा क्षेत्रीय एवं विश्व शान्ति, स्थायित्व, विकास र समृद्धिमा थप योगदान पुर्याउने अपेक्षा गरेका छन् । 

विश्लेषकहरूका अनुसार चीन र उत्तर कोरियाबीचको यो उच्चस्तरीय भेटवार्ता क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य तथा कोरियाली प्रायद्वीपको अवस्थाबारे महत्वपूर्ण सन्देश दिने खालको हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here