इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन

नेपाली कांग्रेसको १५औं महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना हो। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा, वर्तमानको आत्ममूल्यांकन र भविष्यको राजनीतिक दिशानिर्देश तय गर्ने अवसर पनि हो। यस महाधिवेशनबाट गगन थापालगायत पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव, पुस्तान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँमा उभ्याएको छ।

तर, लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैंमा उपलब्धिको अन्तिम बिन्दु होइन। त्यो त जिम्मेवारीको सुरुवात हो। अब नेपाली कांग्रेससामु सबैभन्दा महत्वपूर्ण प्रश्न छ– नयाँ नेतृत्वले कार्यकर्ताको उत्साहलाई संगठनात्मक शक्तिमा, परिवर्तनको नारालाई व्यवहारमा र जनताको अपेक्षालाई परिणाममा कसरी रूपान्तरण गर्छ ? 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here