आशा लघुवित्त वित्तीय संस्थाको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
मेवालाल यादव
रौतहट चैत -१
आशा लघुवित्त वित्तीय संस्था लि.को आयोजनामा आफ्ना लघु कर्जाका ग्राहकहरुलाई वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ ।
वित्तीय साक्षरताको परिचय, आम्दानी, खर्चको पहिचान, बचत नै सम्पन्नताको आधार, ऋण र यसको प्रयोग, ग्राहकहरुमाथि हुने शोषण, पारिवारिक बजेट तथा व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरुको विषयमा तालिम दिईएको छ ।
रौतहट जिल्लाको बौधिमाइ नगरपालिका -५ कोपवामा आशा लघुवित्त वित्तीय संस्था लि. द्वारा वित्तीय साक्षरता तालीम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बौधिमाइ नगरपालिका , परोहा नगरपालिका , राजपुर नगरपालिका , इशनाथ नगरपालिका , मौलापुर नगरपालिका लगायत करिव ३० जनालाई मोहरलाल पटेलले प्रशिक्षण दिईएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बौधिमाइ नगरपालिकाकि उपप्रमुख प्रमिला जयसवाल , बिशिस्ट अतिथि वडा अध्यक्ष लक्ष्मीनायण यादव ,संस्थाको सन्चालक मिथलेश यादव , सुरक्षाकर्मी , पत्रकार , महिलाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्