आदिबासी-जनजाति समुदायको बिरोध
“कोशी प्रदेश” नामाकरण भएकोमा आदिबासी-जनजाति समुदायले बिराटनगरमा बिरोध प्रदर्शन गरेका छन्। प्रदेशका मुख्य मंत्रीले वक्तव्य प्रसारित गर्दै ‘कोशी नामाकरणमा पुनर्विचार हुन ’नसक्ने जानकारी गराउनु भएको छ l
संघीय सरकारका पक्षहरू र संघीय संसदका दलहरू सबै यस सवालमा निरपेक्षित रहेका छन्। प्रदेश सभामा यस बारे मतदान हुदाँ काँग्रेस-एमाले र माओवादीको सहकार्य थियो।
प्रदेश १ का बहुसंख्यक खस आर्य समुदाय ‘कोशी’ नामको पक्षमा छन्। झापा, मोरंग, सुनसरी र उदयपुरका उल्लेखनीय मधेसी समुदायले पनि कोशी नामका बारेमा खासै आपत्ति व्यक्त गरेको देखिन्न्। यस क्षेत्रका थारू समुदाय पनि कोशी नामको बिरूद्धमा छैनन्। कोशीको पक्षमा रहेको ध्रुबिकृत जनमत बलियो नै देखिन्छ।
प्रतिक्रिया दिनुहोस्