आतङ्कित नबनि सयम्मित रहन अपिल- ग्रीन सीटी अस्पताल-निर्देशक रेनु गुरुङ्ग
बेड र अक्सिजन नपाएर कयौ मान्छेलाई बचाउनु सकिएको छैन । १५ दिन भइेसक्यो हामी नसुतेको । कहिले कुन प्लान्टमा लाइन लाग्यो कहिले कुन प्लान्टमा , हस्पिटलमा बिरामीलाइ राम्रो सँग केयर गर्न पर्ने डाक्टर सधैं अक्सिजन छैन भनी अक्सिजनको पछी पछी दगुर्नु परेको छ। यो अवस्था रहेको छ। दिन कट्यो रात कसरी कटाउने? अहिले सबैजना एक जुट भएर सबै बिकासको काम रोकेर भएपनी यो रोग सँग लड्नु पर्ने अवस्थामा । सबै अभीयन्ता, नागरिक,राजनिती कर्मी ,श्वास्थ्यकर्मी सबै जना के कसरी अघी बड्ने र एकले अर्कालाइ सकारात्मक सोचको साथ अगी बड्यौ भने हामी यो रोगलाइे जित्न सक्छौ
सबैले एकले अर्को लाइे साथ दिनु पर्दछ , यो परिस्थितिमा कोही घरमा बसेर पब्लिक हेल्थको पालना गर्ने ,कोही अक्सिजन बेबस्थापन गर्ने , कोही बिरामीलाइे जती सक्दो छिटो भन्दा छिटो उपचार गराउने ,कोही श्रोत र साधन जुटाउने ,राज्यले पनि रोकेर बसेका लिक्यिइड सिलिन्डर छिटो भन्दा छिटो भन्सार छुटाउने । हाम्रो ३ महिना अगाडि एग्रिमेन्ट गरेर राखेको लिक्यिड अक्सिजन सिलिन्डर अहिले सम्म आइेपुगेको छैन । त्यस्तो अक्सिजन लाइे छिटो भन्दा छिटो लेराउने बेबस्था गर्न पर्यो । यो कोरोनाले कसैलाइे चिन्दैन , न डाक्टर भनेर छोड्छ न नेता भनेर छोड्छ । यस्ले सबैलाइे सिध्याउने छ । बेलैमा होसियार हौ ।
नेपाल सरकार , प्रेद्श सरकार ,स्थानिय सरकार साथै उधोग पति मा जसरि अक्सिजन युक्त कोभिड बेड स्थापना गरिदै छ त्यो भन्दा पनि बढि तदारुक्ता का साथ अत्यन्त सम्बेदनाशिल भएर बढि भन्दा बढि अक्सिजन प्लान्ट देश का बिभिन्न क्षेत्रमा स्थापना गरि प्रयाप्त मात्रा मा अक्सिजन उत्पदान तथा अक्सिजन सिलिन्डर को प्रयाप्त सख्य मा ब्याबस्थापन गर्नु पर्यो ।आइसुलेशन बेड र आइसियु बेड को साथ साथै अक्सिजन उत्पादन बढाउनु सकेनौ भने अब झन भयाभिय अबस्था आउनेछ अहिले मान्छे बचाउनु को लागि अक्सिजन अक्सिजन अक्सिजन हो ।बिगत केहि दिन देखि को मेरो अनुभव मा अस्पताल मा आउने अक्सिजन दिनु पर्ने कोभिड बिरामि को चाप जसरि बढिरहेको छ हिजो को तुलना मा अक्सिजन को माग ।अस्पताल मा आज 5 गुना बढि छ जस्ले गर्दा अक्सिजन सप्लाएर र अस्प्ताल लाइ ब्यबस्थापन गर्नु हम्मे हम्मे परेको छ तसर्थ सबैमा मेरो बिनर्म अनुरोध छ घर घरमा अनाबस्यक रुपमा सिलिन्डर जम्मा गरेर नराखि दिनु होला यहि अबस्था रह्यो भने बेड नपाउने त कुरा छौडौ बेड पाउने ले पनि अक्सिजन नपाउने अबस्था पनि हुन सक्छ बेलै मा सचेत रहौ । सेल्फ कोरेन्टाइन मा बसौ ।उच्च मनोवल का साथ आतङ्कित नबनि सयम्मित रहि सम्बेदन्शिल भै आदेश दिने र लिने सबैले लगडाउन को पुर्ण रुप ले पालाना गरि स्वस्थ को मापद्ण्ड अपनाउ
रेनु गुरुङ्ग-निर्देशक-ग्रीन सीटी अस्पताल
प्रतिक्रिया दिनुहोस्