आज बडादसैंको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं : नवरात्रको सातौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं देवी कालरात्रिको विधिपूर्वक पूजा-आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रिको पूजा गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवती देवीले परास्त वा नष्ट गरिदिन्छिन् भन्ने धार्मिक मान्यता रहिआएको छ। कालरात्रिको वर्ण कृष्ण (कालो) रहेको र स्वरूप भयङ्कर हुने कुरा विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

frontline

यस वर्ष आश्विन १५ गते आइतबार दसैं घर वा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौंको जमरा राखिएको थियो। सोही दिन पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा-आराधना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here