असंवैधानिक नियुक्तिविरुद्धमा ७ दलका नेताकार्यकर्ताले विरोध प्रदर्शनमा
मेवालाल यादव
जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले आज जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि टायर बालेर विरोध जनाएका हुन्।
संघीयता प्रेमीहरूले “सभामुख राजीनामा दे”, “असंवैधानिक मुख्यमन्त्री हटाऊ” जस्ता नारासहित मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले संघीयता, लोकतन्त्र र संविधानको रक्षा गर्न सबै दल एकजुट भएर अगाडि बढिरहेका समाजवादी नेता रामआशिष यादवले बताउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले गैरसंवैधानिक तरिकाबाट नियुक्त मधेश प्रदेशका मुख्यमन्त्रीको निर्णय खारेज गर्न माग गर्दै विरोध प्रदर्शन सुरु गरि रहेका भएको छन्।
उनका अनुसार, संविधानको मर्म र संघीयताको भावना विपरीत गरिएको यो निर्णय लोकतान्त्रिक मूल्य र जनमतको अपमान हो। ७ दलका कार्यकर्ताहरूले जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन गर्दै “संविधान र संघीयताको संरक्षण गर” तथा “असंवैधानिक सरकार खारेज गर” जस्ता नारासहित आन्दोलनलाई तीव्र बनाइरहेका छन्।
यादवले भने, “संविधानविपरीत भएको कुनै पनि कार्य सह्य हुँदैन। हामी संघीयता र लोकतन्त्रको रक्षा गर्न सडकदेखि सदनसम्म लड्नेछौं।”






प्रतिक्रिया दिनुहोस्