अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’
विराटनगर । चालु आर्थिक वर्षको बजेटमा ठुलो हेरफेर गर्दै आफू अनुकूलका अर्बौँ रुपैयाँका नयाँ योजना घुसाउने सरकारको तयारी तत्कालका लागि रोकिएको छ ।
एमाले र कांग्रेस गठबन्धन सरकारले ल्याएको बजेटमा हेरफेर गर्ने विषयमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनबिच सहमति भइसकेको छ । उक्त सहमति अनुसार दसैँ अगाडि नै बजेटको शीर्षकगत विषय हेरेफेर गर्ने अन्तिम तयारी भने रोकिएको छ ।
बिहीबार दिउँसो ३ बजे बसेको मन्त्रिपरिषद् बैठकबाटै बजेटका शीर्षकगत हेरफेर तथा योजना थप्ने र हटाउने (रकमान्तर तथा स्रोतान्तर) सम्बन्धी विवादास्पद निर्णय गराउने विषयमा सरकारका मन्त्रीहरूले तीव्र दबाब दिएका थिए । सोही अनुसार मन्त्रालयहरूमा बजेट काट्ने र थप्ने लिष्ट बनाउन मन्त्रीहरू दिउँसोसम्म व्यस्त थिए, तर उक्त योजना अनुसार अर्थ मन्त्रालयले प्रस्ताव नै नपठाएपछि मन्त्रिपरिषद् बैठक कर्मकाण्डी निर्णयमै सीमित भएको छ ।






प्रतिक्रिया दिनुहोस्