अफवाहको पछाडि नलाग्न प्रतिनिधिहरूलाई गगन थापाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत बाहिर सार्वजनिक भएको बिषयमाथि स्पष्ट पार्दै थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरेका छन्। उनले यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्।

frontline

आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीबारे स्पष्ट पार्दै उनले कुनै पनि अफवाहमा नलाग्न र त्यस्ता प्रचारबाट भ्रममा नपर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अनुरोध गरेका छन्।

केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको सन्दर्भमा उनले निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै थापाले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेका छन्।

facebook sharing button
twitter sharing button

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here