अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रम सम्पन्न -भूमिकला पौडेल

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग तथा अपाङ्गता मानव अधिकार प्रवर्धन समाजको आयोजनामा अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको सहकार्यमा सम्पन्न सो कार्यक्रममा तारकेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको सेवा प्रवर्धनका लागि स्थानिय अपाङ्गता सहायता केन्द्र स्थापना गर्नका लागि अवधारणा सम्बन्धी अनुशिक्षण कार्यक्रम पछि सो नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरूलाई लक्षित गरेर ज्ञान हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको हो । अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर उप–प्रमुख श्रीजना बुर्लाकोटी अर्यालले अपाङ्गतामा भएका व्यक्तिहरूका समस्याहरू एकदमै धेरै रहेको र त्यसप्रति नगरपालिका एकदमै सचेत रहेकोले अपाङ्गतालाई साझा सवालको रूपमा अगाडि वढाएर काम गर्न नगरपालिकाले चाहि रहेकोले सो कार्यमा सबैलाई हातेमालो गरेर अगाडि वढ्नका लागि अनुरोध गर्नुहुँदै नगरपालिकाले अपाङ्गतामैत्री विद्यालय तथा दिवा सेवा केन्द्र सञ्चालन गर्नका लागि पहल गरिरहेको पनि बताउँनु भयो । त्यसैगरी विशिष्ट अतिथी तारकेश्वर नगरपालिकाका महिला तथा बालबालिका विकास शाखा प्रमुख प्रतिमा मिश्रले यस नगरपालिका अपाङ्गतामा भएका व्यक्तिहरूका लागि काम गर्न एकदमै प्रतिवद्ध रहेको जनाउँदै अपाङ्गतामा यस नगरपालिकालाई नमुना नगरपालिका बनाउँन भनेर लागि परेको बताउँनु भयो । कार्यक्रममा अपाङ्गता मानव अधिकार प्रवर्धन समाजका कार्यकारी निर्देशक सुदर्शन सुवेदीले अब आउने पुस्ताहरूलाई पनि अपाङ्गता सम्बन्धी ज्ञान होस र उनीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्न सहज होस भन्ने उद्धेश्यले यस कार्यक्रमको आयोजना गरेको बताउनु भयो । कार्यक्रममा लेप्रोसी मिसन नेपाल, फाउण्ड परियोजनाका रोजगार परामर्शकर्ता तारानाथ सिग्देलले परियोजनाले अपाङ्गता सुनिश्चित रोजगारदाता अभियान अन्र्तगत अपाङ्गता भएका व्यक्तिहरूको रोजगार तथा स्वरोजगारका लागि विभिन्न काम गरिरहेको जानकारी दिनुभयो भने परियोजनाकै रोजगार परामर्शकर्ता किर्तन दुवालले संस्था तथा सञ्जालीकरणको आवश्यकता तथा महत्वका बारेमा प्रश्तुतीकरण दिनुहुँदै सहभागिहरूलाई यस बारेमा स्पष्ट पार्नुभयो । त्यसैगरी सुशासनकर्मी उमङ्ग मैनालीले स्थानिय सेवा प्रवाहमा सामाजिक जवाफदेहिता तथा सुशासनका बारेमा प्रश्तुतीकरण दिनुभयो । अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो र सहभागिहरूले आफूलाई परेका समस्याहरू र त्यस समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर पनि छलफल गरेका थिए । यसका साथै आफ्ना अपाङ्गता भएका बच्चाहरूका लागि पढ्न तथा सिक्नका लागि दिवा सेवा केन्द्र वा विद्यालयको आवश्यकता भएकोले सो स्थापना गर्नका लागि पनि पहल गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here