अनुसन्धानको कठघरामा खगेन्द्र सुनार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुनः विवादमा तानिएका छन्। महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि छानबिन सुरु भएको छ।

बाँकेबाट निर्वाचित संघीय सांसद सुनारले फौजदारी अपराध आकर्षित हुने गरी ज्यान लिनेसम्मको धम्की दिएपछि रास्वपाले आन्तरिक छानबिन अघि बढाएको हो। तर, सरकारले भने अहिलेसम्म मुख खोलेको छैन। पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित ‘हामी आउँदैछौं’ अभियान सञ्चालनका लागि सुनार दाङ पुगेका थिए। उनले आइतबार रास्वपा तुलसीपुर उपमहानगरको आयोजनामा भएको अभियानको उद्घाटन गरेका थिए। दाङको घोराहीमा हुने पूर्वधारित कार्यक्रम छोडेर सुनार मंगलबार काठमाडौं आएका हुन्।

frontline

अडियो जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको हो। अडियोमा महिलामाथि अपशब्द प्रयोग गर्दै समयमै पैसा नदिए ज्यान लिनेसम्मको धम्की दिइएको छ। सुनार सत्तारूढ रास्वपाका केन्द्रीय सदस्य पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here