अध्यादेश ल्याउन नसकेपछि मात्रै म्याग्दीबाट चुनाव लडेको हुँ : महावीर पुन

बताएका छन् । बुधवार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालयमा भइरहेको राजनीतिकरण कम गर्ने र विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासका लागि ल्याउन खोजिएका अध्यादेश जारी गर्न नसकेपछि आफूले म्याग्दीबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् ।

The current image has no alternative text. The file name is: mahabir-pun.jpg

उनले गत माघ ४ गते बेलुकीसम्म आफू मन्त्री हुँदा विश्वविद्यालयमा भइरहेको राजनीतिकरण कम गर्ने उद्देश्यले ल्याउन खोजिएको विश्वविद्यालय ऐनको अध्यादेश र देशमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने ऐनको अध्यादेश जारी गर्न सफल भएको भए आफू म्याग्दीबाट चुनाव नलड्ने बताएका छन् । 

frontline

‘विश्वास गर्नुस् या नगर्नुस्, गत माघ महिनाको ४ गते बेलुकीसम्म त्यतिबेलाको म मन्त्रीले ल्याउन खोजेको विश्वविद्यालयमा भइरहेको राजनीतिकरण कम गर्ने विश्वविद्यालय ऐनको अध्यादेश र देशमा विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने ऐनको अध्यादेश ल्याउन सफल भएको भए म म्याग्दीबाट जसले जे जति फर्काइ–फुल्याइ गरे पनि चुनाव लड्ने नै थिइनँ,’ पुनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here