अध्यक्ष ठाकुर र नेता महतो सहित चार शिर्ष नेता जसपाबाट निष्कासित
फ्रन्टलाइन राजनीति । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गरेको छ। अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंगलबार बसेको बहुमत कार्यकारिणी समितिको बैठकले उनीहरूलाई निष्कासन गरेको हो।
बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको भन्दै विज्ञप्ती जारी गरिएको छ । चार नेतालाई पार्टीबाट निष्काशन गरेको पत्रसमेत निर्वाचन आयोगमा पठाइसकेको जसपा यादव पक्षले जनाएको छ ।
पार्टीको विवाद बढ्दै गएपछि एक अर्को समूहले दुवै पक्षलाई कारबाहीको चेतावनी सहितको स्पष्टीकरण सोधेको थियो। यद्यपी जसपाको यादव पक्षकै युवा नेताहरुले भने पार्टीले यो निर्णय लिन हतार गरेको टिप्पणी गरेका छन् । हेर्नुहोस विज्ञप्ती ः







प्रतिक्रिया दिनुहोस्