अझै खुलेनन् सुनचाँदी पसल, व्यवसायी राष्ट्रिय भेलामा

समाचार सारांश

  • काठमाडौँ र बागमती प्रदेशका सुनचाँदी पसलहरू बन्द छन्, व्यवसायीहरू राष्ट्रिय भेलामा सहभागी छन्।
  • प्रधानमन्त्रीले आन्दोलन रोक्न आग्रह गरे पनि व्यवसायीहरूले विलासिता करको विरोध गर्दै बन्द जारी राखेका छन्।
  • व्यवसायीहरूले सुनचाँदीमा लगाइएको कर खारेज गर्न माग गर्दै २९ र ३० गते देशभर बन्दको तयारी गर्दैछन्।

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले आह्वान गरेको पसल बन्दका कारण राजधानी काठमाडौँसहित बागमती प्रदेशका सुनचाँदी पसलहरू अझै खुलेका छैनन्। व्यवसायीहरू बुधबार राजधानीमा आयोजित राष्ट्रिय भेलामा सहभागी छन्।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष किसान सुनारले रातोपाटीसँग कुरा गर्दै भने, ‘आज बिहान ११ बजेदेखि हाम्रो राष्ट्रिय भेला सुरु भएको छ। सोही भेलाबाट हामी आगामी कार्यक्रमको म्यान्डेट लिन्छौं र त्यसपछि मात्रै आन्दोलनका अन्य कार्यक्रमहरू सार्वजनिक हुन्छन्।’ अन्य स्थानमा भने पसलहरु खुलै रहेको बताउँदै उनले सोहीअनुसार महासंघबाट मूल्य निर्धारण भइरहेको जानकारी दिए । 

frontline

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार भएको भेटमा प्रधानमन्त्रीले आन्दोलन स्थगन गरेर पसल खोल्न आग्रह गरे पनि व्यवसायीहरूले आजसम्मका लागि बागमती प्रदेशमा बन्द कायम राखेका हुन्।

‘आजसम्म बागमती मात्रै बन्द छ, बाँकी प्रदेशहरू खुला छन्,’ अध्यक्ष सुनारले स्पष्ट पारे। उनका अनुसार देशभरका व्यवसायीहरू २९ र ३० गतेको राष्ट्रव्यापी बन्दका लागि तयारी अवस्थामा छन्।

 सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलन गर्दै आएका हुन् । 

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप सङ्कटमा गर्ने भएकाले यो व्यवस्था खारेज गर्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको व्यवसायी नरेन्द्र गुप्ताले बताए । 

बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने व्यवसायीहरूको माग छ ।

यही विषयमा सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले मंगलबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

सो क्रममा प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here