अघिल्लो सरकारको निर्णय धमाधम उल्ट्याउँदै मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेश सरकारले अघिल्लो सरकारका निर्णयहरू उल्ट्याउन सुरु गरेको छ । प्रशासनिक सुधार र सेवा प्रवाहलाई चुस्त बनाउने भन्दै प्रदेश सरकारले यस्तो कदम चालेको हो ।

यसअघिका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केही नीतिगत तथा संरचनागत निर्णयहरू गरेका थिए । तर, वर्तमान मुख्यमन्त्री किरण थापा मगरले ती प्रशासनिक संरचना तथा कर्मचारी दरबन्दीसम्बन्धी निर्णयहरू परिवर्तन गरेका छन् । थापा नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरी पुराना संरचना ब्युँताउँदै र संगठन संरचनाको तेरिज स्वीकृत गर्दै अघिल्लो सरकारको निर्णय उल्ट्याएको हो ।

frontline

अघिल्लो सरकारले प्रदेशको वित्तीय भार कम गर्न र मितव्ययिता अपनाउन भन्दै चालेका कदमहरू वर्तमान सरकारले उल्ट्याएपछि प्रदेशमा पुनः आर्थिक भार थपिने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here