सरकारलाई विश्वासको मत नदिए पछि मनाङे पदमुक्त

काठमाडौं । आफैँ पदमुक्त हुनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई पदमुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री गुरूङले मनाङेलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको प्रेस संयोजक बिक्रम न्योपानेले जानकारी दिनुभयो ।

frontline

मुख्यमन्त्री गुरुङले बिहीबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित हुनुभएको थियो ।

सरकारका बहालवाला मन्त्री नै सरकारलाई विश्वासको मत नदिएपछि पदमुक्त गरिएको न्यौपानेले बताउनुभयो ।

मनाङे पदमुक्त, राजीनामा पत्रमा लेखे, ‘विश्वासको मत नभएको सरकारमा बस्न नैतिकताले दिएन’
मन्त्री मनाङेले सार्वजनिक गर्नुभएको राजीनामा पत्रमन्त्री गुरुङलाई पदमुक्त गरिएकाे जानकारी गराउँदै मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुखसमक्ष पेश गर्नुभएकाे पत्र ।मन्त्री मनाङेले सार्वजनिक गर्नुभएको राजीनामा पत्र

पदमुक्त भएको पत्र बाहिरिएसँगै मन्त्री मनाङेले राजीनामा पत्र सार्वजनिक गर्नुभएको थियो ।

उहाँले शुक्रबार मुख्यमन्त्री समक्ष आफ्नो राजीनामा पत्र पेश गर्नुहुनेभएको छ ।

विश्वासको मत प्राप्त नभएको सरकारको मन्त्री बन्न आफ्नो नैतिकताले नदिने मनाङेको राजीनामा पत्रमा उल्लेख छ ।

मनाङे पदमुक्त, राजीनामा पत्रमा लेखे, ‘विश्वासको मत नभएको सरकारमा बस्न नैतिकताले दिएन’

मन्त्री मनाङेले सार्वजनिक गर्नुभएको राजीनामा पत्र

यसअघि बिहीबार साँझ नै मन्त्री मनाङेले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर दिइसक्नुभएको थियो ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा समेत सहभागी नभएका मनाङेले प्रदेशसभा विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न यो कदम चालेको बताउनुभएको थियो ।

मनाङे गुरुङ क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री थिए ।

सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद् मनाङेलाई मन्त्री बनाउनुभएको थियो ।

पहिलोपटक १० दिन मन्त्री भएका मनाङले पछिल्लो पटक वैशाख २९ गते पुनः मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

बिहीबार विश्वासको मत लिने क्रममा बहुमतका लागि ३१ मत चाहिने भए पनि ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले २७ मत पाउनुभएको थियो ।

वैशाख २६ मा राजीनामा दिनुभएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः नियुक्त हुनुभएको हो ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत उहाँले बिहीबार संसद्को सामना गर्नुभएको हो ।

कुनै आन्तरिक चलखेल नभए नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here