सरकारलाई विद्यार्थीको प्रश्न-किताब पढ्ने की सिलिण्डर बोकेर लाइन बस्ने?

खाना पकाउने ग्यासको सहज व्यवस्था गर्न माग गर्दै विद्यार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन्। लामो समय देखिएको ग्यासको अभावका कारण विद्यार्थीहरू समस्यामा परेको भन्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले मंगलबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । 

उनीहरूले सरकारको नीतिका कारण ग्यास अभाव भएको भन्दै तत्काल सहजरुपमा बिक्री वितरणको व्यवस्था गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले खाली सिलिण्डरसहित नाराबाजी गरेका थिए ।

frontline

काठमाडौंमा अध्ययनरत विद्यार्थी तथा विपन्न वर्गले ग्यास अभावका कारण भोकभोकै बस्नुपर्ने,होटलमा गएर खाने आर्थिक क्षमता नहुने र गाडी भाडासमेत तिर्न नसक्ने गम्भीर समस्या भोग्नुपरेको विद्यार्थी मनोज भण्डारीले बताए । विगतमा डिलरहरूमार्फत सहज रूपमा वितरण हुँदै आएको ग्यासलाई सरकारले आफ्नै तवरबाट वितरण गर्न खोज्दा चरम अभाव,लाइन बस्नुपर्ने बाध्यता र समस्या सिर्जना भएको उनले बताए।

विद्यार्थीले ग्यास लाइनको समस्या तत्काल समाधान गर्न र सर्वसाधारण एवं विद्यार्थीलाई राहत/सहुलियत दिन सरकारसँग माग गरेका छन् ।  उनीहरूले विद्यार्थीको हातमा कलम चाहिन्छ,खाली सिलिण्डर होइन,किताब बोकेर पढ्ने की सिलिण्डर बोकेर लाइन बस्ने ?,नो लाइन भन्या हैन ? सरकार, ग्यासमा किन यति लामो लाइन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here