प्रतिगमनका विरुद्ध आन्दोलनमा जुट्न ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रतिगमनका विरुद्धको आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन् । 

झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन पनि कार्यकर्तालाई आग्रह गरे । 

frontline

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा हरेक वडा र क्षेत्रमा जित हासिल गर्ने उद्देश्यका साथ तयारी थाल्न आग्रह गरे । उनले कार्यकर्ताहरूलाई अनावश्यक हल्लाको पछाडि नलाग्न र पार्टीको लक्ष्यमा अडिग रहन समेत आग्रह गरे । पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अध्यक्ष ओलीले गुटबन्दीले पटक–पटक पार्टीलाई क्षति पु¥याएको उल्लेख गरे । उनले पार्टीको हितविपरित बोल्ने र अनुशासनहीन गतिविधि गर्नेहरूलाई सम्झाउन र बुझाउन समेत निर्देशन दिए । सङ्गठन सुदृढीकरणका क्रममा आवश्यकताअनुसार कमिटी र जनसंगठनहरूको पुनर्गठन र पुनर्जागरण गरिने उनको भनाइ छ । तर पुनर्गठनको आवरणमा नेतृत्व विरुद्ध षड्यन्त्र गर्ने प्रवृत्तिप्रति उनले चेतावनी दिए । 

ओलीले भने, ‘प्रतिगमनविरुद्धको आन्दोलन र स्थानीय तहको निर्वाचनको तयारीमा पार्टी सम्पूर्ण रूपमा केन्द्रित हुनुपर्छ । वडा-वडादेखि सङ्गठन सुदृढ गर्दै हरेक ठाउँमा जित्ने लक्ष्यका साथ तयारी गरौँ । अनावश्यक हल्ला र विवादमा नलागौँ । पार्टीलाई गुटबन्दी होइन, एकता चाहिएको छ । गुटबन्दी र अनुशासनहीन गतिविधि पार्टीका लागि स्वीकार्य हुँदैनन् । आवश्यकताअनुसार कमिटी र जनसङ्गठनको नियमित जागरण, पुनर्जागरण र पुनर्गठन गरौँ, तर त्यसलाई पार्टीभित्रको गुटबन्दी वा नेतृत्वविरुद्धको अभियानको माध्यम नबनाऔँ । हामी आफैँ जागौँ, अरूलाई पनि जगाऔँ । पार्टीलाई एकताबद्ध, अनुशासित र गतिशील बनाउँदै प्रतिगमनविरुद्धको आन्दोलन तथा निर्वाचनको तयारीमा अघि बढौँ ।’

अध्यक्ष ओलीले ‘आफैँ जागौँ र अरूलाई पनि जगाऔँ’ भन्ने मूल मन्त्रका साथ वास्तविक जागरण अभियानमा लाग्न कार्यकर्ताहरूलाई आह्वान गरे । उनले पार्टीलाई एकताबद्ध बनाउँदै प्रतिगमनका विरुद्धको आन्दोलन र निर्वाचनको तयारीलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here